च्युरी गाउँका १३ जनाको गरियो सामूहिक दाहसंस्कार

काठमाडौं । जाजरकोटको नलगाड नगरपालिका वडा नम्बर १ च्युरी गाउँमा भूकम्पमा परि ज्यान गुमाएका १३ जनाको सामुहिक दाहसंस्कार गरिएको छ। शुक्रबार रातिको भूकम्पमा नलगाड नगरापलिका वडा नम्बर १७ जनाको मृत्यु भएकोमा १३ जना च्युरी गाउँका मात्रै हुन्। च्युरी गाउँमा एकै परिवारका चारजनासहित पाँच बालबालिका, चार महिला र चार पुरूषको घटनास्थलमै मृत्यु भएको थियो।
उनीहरूको स्थानीय नलगाड खोलामा सामुहिक दाहसंस्कार गरिएको हो।