मन्त्रीहरुको टोली भूकम्प प्रभावित क्षेत्रमा, त्रिपाल र ब्ल्याङ्केट वितरण गर्ने

काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा मन्त्री र सांसदहरूसहितको टोली भूकम्पपीडितको उद्धार, राहत र उपचार अवस्था बुझ्न प्रभावित क्षेत्र जाजरकोट र पश्चिम रुकुम हिडेका छन् ।

टोलीमा उपप्रधानमन्त्री श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत, ऊर्जामन्त्री शक्ति बस्नेत, सांसद एवम् माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा लगायत छन्। उक्त टोलीले राहतका रूपमा एक हजार ५० स्लिपिङ ब्याग, दुई सय दुई त्रिपाल र एक सय ब्ल्याङ्केट समेत वितरण गर्नेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here