सुनका असर्फी र चाँदीका सिक्का बिक्री शुरु

काठमाडौं । नेपाल राष्ट्र बैंकले सुनका असर्फी र चाँदीमा सिक्का (मेडालियन) बिक्री शुरु गरेको छ ।

राष्ट्र बैंकले तिहारको अवसरमा कात्तिक १९ देखि २४ गतेसम्मसुनका असर्फी र चाँदीमा सिक्का बिक्री गर्न लागेको हो । सुनको २.५, ५ र १० ग्रामको असर्फी बिक्री वितरण सुरु गरेको छ ।

सुनका असर्फी बढीमा एक व्यक्तिले एक सेट मात्रै किन्न पाउने व्यवस्था गरिएको छ । चाँदीका सिक्का एकसेट गाईअंकित २५ ग्राम, गाईअंकित १० ग्राम, लक्ष्मीअंकित १० ग्राम, गणेशअंकित १० ग्राम र गजलक्ष्मीअंकित १० ग्राम खरिद गर्न सकिने छ । खरिद गर्दा नगद वा क्यूआरबाट भुक्तानी गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here