भूकम्प प्रभावितका लागि सीबीफीनले १० लाख सहयोग गर्ने

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन)ले भूकम्प प्रभावितका लागि दश लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ ।

संघले भूकम्पबाट प्रभावित भएकाहरुको उद्दार, औषधी उपचार र पुर्नस्थापनामा सहयोग पुगोस भन्ने उदेश्यले सम्बन्धित जिल्ला प्रशासन कार्यालय र स्थानीय निकाय मार्फत सहयोग गर्ने घोषणा गरेको हो ।

संघले विज्ञप्ति जारी गर्दै तत्कालका लागि सो रकम आर्थिक सहयोग उपलब्ध गराउने जनाएको छ । संवेदनशील अवस्थामा बैंक तथा वित्तीय संस्थाहरुबाट स्वतस्फूर्त सहयोग भइरहेको पनि संघले बताएको छ । शुक्रबार राति जाजरकोटको बारेकोट गाउँपालिका–१ रामिडाँडा केन्द्रविन्दु भएर राती ११ः४७ बजे ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।

भूकम्पमा परी डेढसय बढी मानिसको मृत्यु भएको छ भने कयौं घाइते भएका छन् । पश्चिम रुकुम र जाजरकोट लगायतका क्षेत्रमा सयौं घरहरुमा भूकम्पले क्षति पुर्याएको सरकारी अधिकारीहरुले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here