भूकम्प प्रभावितलाई आइएमई ग्रुपको एक करोड ५० लाख रूपैयाँ सहयोग

काठमाडौं । जाजरकोट र रुकुम पश्चिम लगायतका जिल्लाका भूकम्प प्रभावितहरूलाई आइएमई ग्रुपले १ करोड ५० लाख रूपैयाँ नगद सहयोग गर्ने भएको छ।

ग्लोबल आइएमई बैंक, आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स, आइएमई लाइफ इन्स्योरेन्स र आइएमई लगायत आइएमई ग्रुपद्वारा प्रवर्द्धित कम्पनीहरू तथा आइएमई फाउन्डेसनमार्फत् भूकम्प प्रभावितहरूको लागि १ करोड ५० लाख रूपैयाँ सहयोग गरिने भएको हो।

प्रभावित क्षेत्रमा उद्धार तथा राहत वितरण गर्ने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम प्रदान गरिने भएको हो ।

शुक्रबार राती कर्णाली प्रदेशको जाजरकोट जिल्लामा केन्द्र विन्दु भई गएको विनाशकारी भूकम्पले जाजरकोट, रुकुम पश्चिम लगायत वरपरका जिल्लामा ठूलो जनधनको क्षति भएको छ । सो क्षेत्रमा आइएमई ग्रुप तथा आइएमई फाउन्डेसनले स्थानीय प्रशासनसँगको समन्वयमा थप राहत सहयोग समेत उपलब्ध गराउने छन् ।

आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले महाभूकम्प तथा महामारिका समयमा उद्धार, तत्काल राहत वितरणमा आइएमई ग्रुपलाई नै परिचालन गरेको स्मरण गर्दै यससपटक पनि उद्धार र राहतमा हर सम्भव सहयोगका लागि जुटेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here