मीनबहादुर गुरुङद्वारा भूकम्प पीडितका लागि १ करोड ११ लाख रुपैयाँ प्रदान

काठमाडौं । भाटभटेनीका प्रबन्ध निर्देशक एवं सञ्‍चालक मीनबहादुर गुरुङले जाजरकोट र रुकुमका भूकम्प पीडितका लागि १ करोड ११ लाख ११ हजार १११ रुपैयाँ प्रदान गरेका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भटेर सञ्‍चालक गुरुङले भाटभटेनीका तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन्।

शुक्रबार राति ११:४७ बजे जाजरकोटको रामीडाँडालाई केन्द्रविन्दु बनाएर भूकम्प गएको थियो। ६.४ म्याग्नेच्युडको भूकम्प जाँदा हालसम्म १५७ जनाको मृत्यु भइसकेको छ भने १७० जना घाइते भएका छन्। केही बेपत्ता छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here