तिहारमा ८५ प्रतिशत सयपत्री फूलको माग आन्तरिक उत्पादनले नै धान्ने

काठमाडौं । विगतका वर्षको तुलनामा यस वर्षको तिहारमा फूलको मूल्य बढ्ने भएको छ। सरकारले यस वर्षदेखि मूल्य अभिवृद्धिको सीमा तोकेकाले फूलको मूल्य बढ्ने भएको हो।

यस वर्ष बजारमा सयपत्री माला एक मिटरको थोक मूल्य रू ७५ र खुद्रा मूल्य रू एक सय २५ देखि रू एक सय ५० सम्म पर्ने देखिएको पुष्प व्यवसायीहरुको छाता संस्था नेपाल फ्लोरिकल्चर एसोसिएसनले जनाएको छ ।

४० लाख माला खपत हुने अनुमान गरिएको छ । ३५ लाख सयपत्री फूलको माला खपत हुने जनाएको छ। जसमा ८० देखि ८५ प्रतिशत माला आन्तरिक उत्पादनबाटै पूर्ति हुने र १५ देखि २० प्रतिशत अपुग हुनेछ।

यस्तै ५ लाख मखमली, २० हजार गोदावारी तथा मिक्स ३० हजार माला पनि खपत हुनेछ। कूल ४० लाख ५० हजार माला खपत हुनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here