राष्ट्रपतिको युरोप भ्रमण स्थगित

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले युरोप भ्रण स्थगित गरेका छन् । परराष्ट्रमन्त्री एनपी साउदलाई बोलाएर जाजरकोट भूकम्पका कारण देशमा धेरै जनधनको क्षति भएको भन्दै यस्तो दुःखका समयमा आफूले विदेश भ्रमण नगर्ने जानकारी दिएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

फ्रान्सको पेरिसमा आयोजना हुने पेरिस पिस फोरममा भाग लिन राष्ट्रपति २२ कात्तिकमा त्यसतर्फ जाने र त्यसपछि जर्मनी र इटालीको भ्रमण गरेर १ मंसिरमा स्वदेश फर्किने तय भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here