भारतको चन्द्रयान आकासमै गायव, विद्यार्थीसहित हेर्न पुगेका मोदीले के भने ?

काठमाडौं, २१ भदौ । भारतले चन्द्रमामा पठाएको चन्द्रयान २ सम्पर्कविहिन भएको छ । चन्द्रमाको सतहबाट २.१ किलोमिटर मात्र उचाईमा रहेको बेला अकस्मात पृथ्वीसँगको सम्पर्क टुटेको भारतीय संचारमाध्यमहरुले उल्लेख गरेका छन् ।

चन्द्रयान-२ बारे थप डाटा प्राप्त गर्ने कोसिस भइरहेको बताइएको छ । कन्ट्रोल रुमबाट वैज्ञानिकहरुले निरन्तर यानसँग सम्पर्क स्थापित गर्ने कोसिस गरिरहेका छन् ।
‘विक्रम’ नाम दिइएको यो यान चन्द्रमामा पुगिसकेपछि हुने पत्रकार सम्मेलन रद्द गरिएको छ । चन्द्रयान पठाउने क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी वैज्ञानिकहरुसँगै थिए ।

उनले वैज्ञानिकहरुसँग यस घटनाबाट विचलित नहुन आग्रह गरे । वैज्ञानिकले भारतका लागि ठूलो काम गरेको भन्दै एक असफलताबाट सबै सम्भावना बन्द नहुने उल्लेख गरे ।

आफू वैज्ञानिकहरुको साथमा रहेको भन्दै उनले हौसला दिइरहका थिए । उनले ट्वीट मार्फत समेत अन्तरिक्ष अभियान जारी रहने बताएका छन् ।

भारतीय समय अनुसार शनिबार बिहान करीव १ः ३८ बजे यस यानलाई चन्द्रमामा ल्याण्ड गर्ने प्रक्रिया शुरु भएको थियो ।

तर, चन्द्रमाबाट २.१ किलोमिटर मात्र दूरी बाँकि रहेको अवस्थामा पृथ्वीसँगको सम्पर्क टुट्न पुग्यो ।

एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here