नेपालका तीन ब्याट्सम्यान एकदिवसीय वरीयतामा

काठमाडौं । आईसीसीले बुधबार अद्यावधिक गरेको नयाँ वरीयतामा एकदिवसीय ब्याटिङ वरीयतामा नेपालका तीन ब्याटर अटाएका छन् । नेपाली टिमका ओपनर आसिफ शेख वरीयताको ७२औँ स्थानमा छन् ।

यस्तै, ८३औँ स्थानमा कप्तान रोहितकुमार पौडेल र कुशल भुर्तेल ९८औँ स्थानमा छन् । पाकिस्तान क्रिकेट टिमका कप्तान बाबर आजम अढाइ वर्षपछि आईसीसी एकदिवसीय ब्याटिङ वरीयताको शीर्ष स्थानबाट खस्किएका छन् ।

आजमलाई उछिन्दै भारतका यूवा ब्याटर सुभमन गिल शीर्ष स्थानमा उक्लिएका छन् । वरीयताको तेस्रो स्थानमा क्विन्टन डी कक, चौथोमा विराट कोहली र पाँचौँमा डेबिड वार्नर छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here