एकदिवसीय वरीयतामा अस्ट्रेलियन कप्तानलाई सन्दीपले उछिने

काठमाडौं । आईसीसीले सार्वजनिक गरेको एकदिवसीय वरीयतामा सन्दीप लामिछानेले अस्ट्रेलियन कप्तान तथा बलर प्याट कमिन्सलाई पछि पारेका छन् । नयाँ वरीयताअनुसार बलिङतर्फ नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान सन्दीप ३२ औँ स्थानमा रहेका छन् ।

कमिन्स भने ३३ औँ स्थानमा रहेका छन् । बलिङतर्फ नै नेपालका दिपेन्द्र सिंह ऐरी ६७ औँ, करण केसी ८२ औँ, सोमपाल कामी ८८ औँ तथा ललित राजवंशी ९९ औँ स्थानमा छन् । भारतका मोहम्मद सिराज शीर्ष, दक्षिण अफ्रिकाका केशव महाराज दोस्रो तथा अस्ट्रेलियाका एडम जाम्पा तेस्रो स्थानमा छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here