महिला टी-२० सिरिज : नेपालको पहिलो खेल तान्जानियासँग भाइटीकाको दिन

काठमाडौं । नेपालले चार देश सम्मिलित महिला टी-२० आई सिरिजमा पहिलो खेल तान्जानियासँग खेल्ने भएको छ । हङकङले आयोजना गरेको उक्त सिरिजमा नेपाल, जापान र तान्जानिया छन् ।

नेपालले पहिलो खेल नोभेम्बर १५ मा तान्जानियासँग खेल्नेछ । नेपालले दोस्रो खेल १६ नोभेम्बरमा घरेलु टोली हङकङसँग खेल्नेछ । नेपालले १८ नोभेम्बरमा जापानसँग खेल्नेछ ।

फाइनल र तेस्रो स्थानको लागि १९ नोभेम्बरमा खेल हुनेछ । नेपाल क्रिकेट संघ क्यानले उक्त सिरिजका लागि २२ खेलाडीलाई बोलाएर प्रशिक्षण सुरु गरिसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here