सन् २०२३ इतिहासकै सबैभन्दा तातो वर्ष, अक्टोबरमा सबैभन्दा बढी तापमान

काठमाडौं । यूरोपको जलवायु अनुगमनकारी संस्थाले सन् २०२३ लाई इतिहासकै सबैभन्दा तातो वर्ष ठहर गरेका छन्। त्यसमा पनि गत महिना अक्टोबर सबैभन्दा तातो महिना भएको दाबी गरिएको छ।

यूरोपेली संघ (ईयू)को ‘कोपर्निकस क्लाइमेट चेन्ज सर्भिस (सीथ्रीएस)’ का अनुसार अक्टोबर महिनामा अमेरिका र मेक्सिकोका केही भागमा खडेरी परेको थियो भने पृथ्वीको ठूलो भूभाग सामान्य अवस्थाभन्दा बढी ओसिलो देखिएको थियो।

सन् १८०० को अन्त्यतिरको अक्टोबर भन्दा गत महिना विश्वभरिको औसद तापक्रम १.७ डिग्री सेन्टिग्रेट बढी थियो। यसैगरी सन् २०२३ लाई इतिहासकै सबैभन्दा तातो वर्ष हुने भएको छ। यसअघिको सबैभन्दा गर्मी अक्टोबर २०१९ को थियो । यस वर्ष अक्टोबर महिनाको तापक्रम ०.४ डिग्री सेल्सियस बढेको छ ।

आँधीलाई अधिक क्रूर र विनाशकारी बनाउनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वव्यापी तापक्रम वृद्धिद्वारा प्रेरित एक घटना समुद्री सतहको तापक्रम यस महिनाको लागि अहिलेसम्मकै उच्च रेकर्ड गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here