शिवम् सिमेन्ट ५.३४ करोड घाटामा

काठमाडौं । शिवम् सिमेन्ट नोक्सानीमा गएको छ । कम्पनीले शुक्रबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०÷८१ को पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार ५ करोड ३४ लाख रुपैयाँ नोक्सानीमा गएको हो ।

कम्पनीले गत वर्ष सोही अवधिमा २७ करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । कम्पनीको बिक्री आम्दानी बढे पनि अन्य आम्दानी घट्दा र खर्च बढ्दा नोक्सानीमा गएको हो ।

समीक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी ६.०६ प्रतिशतले बढेर १ अर्ब ६२ करोड रुपैयाँ पुगेको छ । कम्पनीको अन्य आम्दानी भने ९३.२२ प्रतिशतले घटेर २ करोड १२ लाखमा सीमित भएको छ । कम्पनीले अन्य आम्दानी बापत गत वर्ष होङ्शी सिमेन्टबाट ३१ करोड ३४ लाख रुपैयाँ लाभांश पाएको थियो । यस वर्ष होङ्शीले लाभांश नदिएकाले अन्य आम्दानी घटेको हो ।

यस अवधिमा कम्पनीको कुल खर्च ७.९३ प्रतिशतले बढेर १ अर्ब १ अर्ब ७० करोड रुपैयाँ पुगेको छ । हाल ४ अर्ब ४० करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको सेयर प्रिमियममा ९५ करोड ६२ लाख र जगेडा कोषमा ३ अर्ब ६६ करोड रुपैयाँ संचित छ ।

नोक्सानीमा गएसँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि ऋणात्मक भएको छ । समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी २४.९८ रुपैयाँबाट घटेर ४.८६ रुपैयाँ ऋणात्मक भएके छ । कम्पनीको प्रतिसेयर नेटवर्थ २०५.०५ रुपैयाँ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here