गंगालाल राष्ट्रिय हृदय केन्द्रमा जागिर खुल्यो, डाक्टरदेखि प्रशासनसम्मका कर्मचारी माग

काठमाडौं । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले सर्जनदेखि प्रशासनसम्मका कर्मचारी मागेको छ।

शुक्रबार सूचना जारी गर्दै कार्डियाक सर्जन, कार्डियोलोजिस्ट, पिडियाट्रिक कार्डियोलोजिस्ट, एनेस्थेसिया रजिस्ट्रार, नर्स, परफ्युजन सहायक, ओभरसियर र प्रशासन उपसहायक पदका लागि दरखास्त आह्वान गरेको हो।

इच्छुक र योग्यता पुगेका उम्मेदवारले मंसिर १४ गतेसम्म दरखास्त दिन सक्नेछन्। केन्द्रको वेभसाइटमा गएर अनलाइन दरखास्त दिन सकिनेछ।

दरखास्त शुल्क पदअनुसार १ हजार २५० देखि ४५० रूपैयाँसम्म निर्धारण गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here