काठमाडौं महानगरभित्र राति १ बजेसम्म देउसीभैलो खेल्न पाइने

काठमाडौं । काठमाडौं महानगरमा रातिको १ बजे सम्म देउसी भैलो खेल्न पाइने भएको छ भने सुरक्षाको लागि नगरप्रहरीले पेट्रोलिङको ब्यबस्था मिलाएको छ।

महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले सामाजिक संजाल फेसबुकमा एक स्ट्याटस लेख्दै यस्तो बताएका हुन् । बिगतको बर्षहरुमा कोभिडको कारण तथा सुरक्षाको कारणले गर्दा तिहारमा देउसी भैलो खेल्ने समय काठमाडौ महानगर भित्र राती ९ बजे सम्म मात्र खेल्न अनुमती दिइएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here