नेपाल सुपर लिगको टिकेटिङ पार्टनर आइएमई पे

काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे’ नेपाल सुपर लिग २०२३ को लागि आधिकारिक टिकेटिङ पार्टनर बनेको छ ।

आइएमई पे र नेपाल स्पोर्टस् एण्ड इभेन्ट म्यानेजमेन्ट (एनएसईएम) बीच भएको रणनीतिक साझेदारी गर्दै आइएमई आधिकारिक टिकेटिङ पार्टनर बनेको हो ।

नेपाल सुपर लिग यअी नोभेम्बर २४ देखि आयोजना हुँदैछ । नेपाल सुपर लिग नेपालको प्रमुख खेलहरू मध्ये एक हो । जसमा बहुसंख्यक खेल प्रेमीहरुको चासो रहेको छ । डिजिटल भुक्तानी र टिकट सेवाहरूमा आइएमई पेको आबद्धताले फ्यानहरूलाई आगामी सिजनको टिकट खरिद गर्न सहज र झन्झटमुक्त बनाउने आइएमई पेको विश्वास रहेको छ ।

आइएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले नेपाली फुटबल विकासका विभिन्न आयामहरूमा जोडिन पाउँदा गौरवान्वित रहेको बताए ।

‘नेपाली फुटबल विकासमा एनएसईएमसँग सहकार्य गर्ने मौका दिएकोमा धन्यवाद दिन चाहन्छु । आइएमई पेको डिजिटल वित्तीय समावेशिताको महाअभियानलाई खेल तथा खेलाडीसँग जोड्दा झनै प्रभावकारी रूपमा लागु गर्न सकिने भएकोले यस साझेदारीप्रति अत्यन्तै उत्साहित रहेको बनाएको छ,’ उनले भने ।

नेपाल सुपर लिग २०२३ रोमाञ्चक फुटबल गतिविधि र मनोरञ्जनका साथ एक विद्युतीय सिजन हुने प्रतिज्ञा गरिएको छ। यो साझेदारीले लिगको वृद्धि र पहुँचमा योगदान पुर्‍याउने छ विश्वास लिइएको छ । जसले फ्यानहरूलाई आफ्नो मनपर्ने टोली र खेलाडीहरूलाई समर्थन गर्न सजिलो बनाउँछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here