यूएईविरूद्ध खेल्ने नेपाली टिम घोषणा

काठमाडौं । मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले फिफा विश्वकप २०२६ अन्तर्गत एसिया छनोटको दोस्रो चरणमा यूएईविरुद्ध खेल्ने अन्तिम टोली घोषणा गरेका छन् । नेपालले बिहीबार यूएईसँग खेल्नेछ। त्यसका लागि नेपाली टिम आइतबार त्यसतर्फ जानेछ।

नेपाली टिममा

गोलकिपरः किरणकुमार लिम्बु, दीप कार्की, अभिषेक बराल

डिफेन्डरः सनिश श्रेष्ठ, रोहित चन्द, अन्जन राई, आशिष चौधरी, अमृत श्रेष्ठ, एरिक विष्ट, छिरिङ लामा, योगेश गुरुङ

मिडफिल्डर: लकेन लिम्बु, उत्सव राई, कृतिश रत्न छिन्जु, मनिष डाँगी, सेसेहाङ आङ्देम्बे, निशान हमाल

फरवार्डः अन्जन विष्ट, आयुष घलान, जिलेस्पी जंग कार्की, हिसुब थपलिया, सञ्जीव विष्ट, राजेश परियार रहेका छन् ।