महँगी घट्दै, तर अझै सरकारको नियन्त्रण बाहिर

काठमाडौं । चालु वर्षमा महँगी क्रमशः घट्दै गएको देखिएको छ । यद्यपि, सरकारको लक्ष्यभन्दा बढी रहेको छ । गत वर्षदेखि उच्च रहँदै आएको मूल्यवृद्धि अझै नियन्त्रणमा आउन सकेको छैन । यद्यपि, गत वर्षकोभन्दा सुधार हुँदै गएको छ ।

असोज महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.५० प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ८.५० प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ८.३८ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ६.८१ प्रतिशत रहेको छ ।

खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत मरमसला उप– समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ३७.६३ प्रतिशत, चिनी तथा चिनीजन्य वस्तुको १८.२२ प्रतिशत, फलफूलको १४.०२ प्रतिशत, खाद्य तथा खाद्यजन्य पद्धार्थको १२.२३ प्रतिशत र दुग्ध पद्धार्थ तथा अण्डाको ११.९२ प्रतिशतले बढेको छ ।

समीक्षा महिनामा घ्यू तथा तेल उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ११.६१ प्रतिशतले घटेको छ । चालु वर्षमा ६.५ प्रतिशत भित्र मूल्यवृद्धि राख्ने राष्ट्र बैंकले लक्ष्य लिएको छ । तर, आवको सुरुदेखि नै महंगी भने नियन्त्रण बाहिर छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here