अमेरिकी डलरको भाउ हालसम्मकै उच्च

काठमाडौं । अमेरिकी डलरको मूल्यले हालसम्मकै महँगोको रेकर्ड बनाएको छ । पछिल्लो समय लगातार आकाशिँदै गएको डलरको मूल्यले आइतवार अहिलेसम्मकै महँगोको रेकर्ड बनाएको हो ।

आइतवार लागि लागि एक अमेरिकी डलरको विनिमय दर (भाउ) १ सय ३३.६५ रुपैयाँ (बिक्री दर) तोकेको छ । यो हालसम्मकै उच्च हो । केही दिनयता अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा निरन्तर कमजोर बन्दै गएको छ ।

पछिल्ला दिनमा विश्वबजारमा डलरको माग बढेपछि भाउ पनि निरन्तर वृद्धि हुन थालेको हो । अन्तर्राष्ट्रिय सञ्चार माध्यम रोयटर्सले अहिले डलरको भाउ पछिल्लो ६ महिनायताकै उच्च बिन्दुमा पुगेको बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here