सलाम एयरले काठमाडौंमा दैनिक उडान गर्ने

काठमाडौं, २१ भदौ । ओमानको निजी वायुसेवा कम्पनी सलाम एयरले काठमाडौंमा दैनिक एक उडानको घोषणा गरेको छ । कम्पनीले अहिले नेपालमा साताको तीन उडान गरिरहेको छ ।

अब दैनिक एक उडानमार्फत सातामा सात उडानको घोषणा कम्पनीले गरेको हो । कम्पनीले नेपालमा उडान बिस्तार गरेको वर्ष दिन पुगेको उपलक्ष्यमा शनिबार एक कार्यक्रम आयोजना ग¥यो ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले अब वायुसेवा कम्पनीहरुले नयाँ उडानको बिस्तार गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलबाट गर्नुपर्ने धारणा राखे ।

त्यसका लागि कम्पनीहरुलाई सहूलियत दिनेबारे तयारी भइरहेको उनको भनाई छ । गौतमबुद्ध विमानस्थलमा उडान गर्ने कम्पनीलाई केही समय ल्याण्डिङ, पार्किङ तथा इन्धनको मूल्यमा समेत कमी गर्ने बारे तयारी भइरहेको उनले जानकारी दिए ।

सन् २०१९ को अन्तिममा गौतमबुद्ध विमानस्थल र सन् २०२० कोे अन्तिममा पोखरा विमानस्थल संचालनमा आउने भन्दै उनले नेपाल भ्रमण वषृ सफल बनाउन यी विमानस्थलको भुमिका महत्वपुर्ण हुने बताए ।

कार्यक्रममा आइएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालले सलाम एयरको थपिने उडानले भ्रमण वर्ष सफल बनाउन भूमिका खेल्ने बताए । नेपाल पर्यटन बोर्डका सीइओ दिपकराज जोशीले नयाँ पर्यटकीय गन्तब्यका रुपमा ओमान नेपालका लागि महत्वपूर्ण पर्यटकीय स्रोत मुलुक बन्न सक्ने धारणा राखे ।

सलाम एयरसँग कूल जहाज छन् । ती जहाजबाट कम्पनीले विभिन्न मुलुकका गन्तब्यमा उडान गर्दै आएको छ । ओमान धेरै नेपाली काम गर्न गएको मुलुकमध्ये एक हो ।

कम्पनीले एक वर्षको उडानका दौरान ५० हजार यात्रु बोकेको जानकारी गराएको छ । आगामी वर्ष १ लाख यात्रु बोक्न सफल हुने लक्ष्य कम्पनीको रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here