नेपालमा टिकटक बन्द गराउने सरकारको निर्णय

काठमाडौं । सरकारले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको छ । पछिल्लो समय नेपालमा सामाजिक सद्भाव विथोल्ने गतिविधि भइरहेको भन्दै आज बसेको मन्त्रिपरिषद् बैठकले टिकटक बन्द गराउने निर्णय गरेको हो ।टिकटक बन्द गर्ने र त्यसको समन्वय सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गर्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको हो ।

‘नेपालमा टीकटक बन्द गर्ने निर्णय भएको छ’, सरकारका प्रवक्तासमेत रहेकी सञ्चारमन्त्री रेखा शर्माले भनिन्, ‘सरकारको निर्णय केही दिनमै कार्यान्वयनमा जान्छ।’ यसअघि विश्वका अन्य केही देशले पनि आफ्नो मुलुकमा टिकटक बन्द गराइसकेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here