टिकटक बन्दमा सबै दलको सहमति भन्ने प्रधानमन्त्रीको भनाई भ्रमपूर्ण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले टिकटक बन्द बारे प्रधानमन्त्रीले भ्रमपूर्ण अभिव्यक्ति दिएको बताएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन् प्रधानमन्त्री ज्यु ले मेरै अगाडि आज एक कार्यक्रममा गलत तथा भ्रमपुर्ण अभिव्यक्ति दिनु भयो। टिकटक बन्द गर्ने सन्दर्भमा सत्ता पक्षीय र विपक्षी सबै दलको सहमति र छलफल पछि निर्णयमा पुगेको बताउनु भयो। म लगायत रास्वपा का कुनै नेता सँग यस विषयमा कुनै औपचारिक अनौपचारिक छलफल वा सहमति भएको छैन। छदै छैन। प्रधानमन्त्री ज्युले यो गलत अभिव्यक्ति सच्याउनु हुने छ र कुन कुन दलले सहमति जनाएका हुन् भन्ने स्पष्ट पारिदिनु हुनेछ भन्ने विश्वास लिएको छु। सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here