क्यू पेले पायो पेमेण्ट सर्भिस प्रोभाइडर लाइसेन्स

काठमाडौं, २१ भदौ । क्यू पे प्रालि (क्यूपे)ले नेपाल राष्ट्र बैंकबाट ‘पेमेण्ट सर्भिस प्रोभाइडर (पीएसपी’ लाइसेन्स पाएको छ ।

केन्द्रीय बैंकले भुक्तानी तथा राफसाफ कानूनअन्तर्गत क्यूपेलाई वालेट सेवा सञ्चालनको अनुमति दिएको हो ।

सन् २०१६ मा स्थापना भएको क्यूपेले गत बिहीबार पीएसपी अनुमति पाएको हो । लाइसेन्स पाएपछि आफ्ना सेवालाई अझ परिष्कृत गर्दै थप विश्वसनीय बनाउने कम्पनीले बताएको छ ।

केन्द्रीय बैंकबाट पीएसपीको अनुमति पाउँदा हामी ज्यादै खुशी छौं । यसबाट दैनिक ससानो कारोबार गर्नेहरु पनि लाभान्वित हुनेछन् । हामीले प्वाइन्ट अफ सेल्स तथा किओस्क जस्ता सुविधा थपेर आमजनतावीच सेवा लैजानै छौं, कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रज्वल बोहराले भने ।

नेपाली कम्पनी क्यूपेले मुलुकमै पहिलो पटक क्यूआर प्रविधिमा आधारित मोबाइल वालेट सुविधा ल्याएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here