विराट कोहलीले तोडे सचिनको कीर्तिमान

काठमाडौं । भारतीय क्रिकेट खेलाडी विराट कोहली एक दिवसीय क्रिकेटमा सबैभन्दा बढी शतक बनाउने खेलाडी भएका छन् । भारतमा जारी विश्वकप एक दिवसीय क्रिकेटको पहिलो सेमिफाइनलमा न्यूजिल्याण्डविरुद्ध शतक बनाउँदै विराट सबैभन्दा बढी ५० शतक बनाउने खेलाडी बनेका हुन् । उनले भारतीय लिटिल मास्टर सचिन तेन्दुलकरको रेकर्ड तोडेका हुन् । १२ वर्षसम्म सचिनको नाममा ४९ शतकको कीर्तिमान रहेको थियो ।

तर कोहलीले लगातार शतक प्रहार गर्दै सचिनलाई उछिनेका हुन् । मुम्बईको वाङ्खेडे स्टेडियममा टस जितेर भारतले पहिले ब्याटिङ गर्दै आक्रामक प्रदर्शन प्रदर्शन गर्ने क्रममा कोहलीले शतक पूरा गर्दै शतकमा अर्धशतक बनाएका हुन् ।

उनले विश्वकपको एकै संस्करणमा ५० रन भन्दा बढी आठ पटक पूरा गर्ने कीर्तिमान पनि बनाएका छन् । यसअघि सचिन र बंगलादेशी खेलाडी शकिब अल हसनको नाममा ७–७ वटा ५० रन भन्दा माथिको रेकर्ड थियो । त्यस्तै विश्वकपको एकै संस्करणमा सबैभन्दा बढी रन बनाउने रेकर्ड पनि कोहलीले राखेका छन् । उनले २० वर्षअघि सचिनले राखेको कीर्तिमान तोडेका हुन् । सचिनले सन् २००३ को विश्वकपमा ६७३ रन बनाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here