मंसिरका लागि वाणिज्य बैंकहरूले घटाए ब्याजदर

काठमाडौं । मंसिर महिनाका लागि अधिकांश वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर घटाएका छन् ।

बैंकिङ प्रणालीमा पर्याप्त लगानी योग्य रकम (तरलता) थुप्रिएको र कर्जाको माग समेत बढ्न नसकेपछि बैंकहरूले निक्षेपको ब्याजदर घटाएका हुन् । मंसिरका लागि २० मध्ये १३ वाणिज्य बैंकले निक्षेपको ब्याजदर घटाएका छन् भने ६ बैंकले कात्तिककै ब्याजदर यथावत राखेका छन् ।

मंसिरमा प्राइम कमर्शियल, कुमारी, लक्ष्मी सनराइज, सिद्धार्थ, नेपाल र सिटिजन्सले कात्तिककै ब्याजदर कायम गरेका छन् । माछापुच्छ्रे बैंकले मात्र मंसिरमा निक्षेपको ब्याजदर बढाएको छ भने अरु सबै बैंकले घटाएका छन् ।

कात्तिकको तुलनामा मंसिरमा वाणिज्य बैंकहरूले औसतमा व्यक्तिगत निक्षेपतर्फ ०.३३२ र संस्थागततर्फ ०.३०७ प्रतिशत विन्दुले ब्याजदर घटाएका छन् । कात्तिकमा व्यक्तिगत मुद्दतीको औसत ब्याजदर ९.९६४ प्रतिशत रहेकोमा मंसिरमा घटेर ९.६३३ प्रतिशतमा झरेको छ । त्यस्तै, संस्थागत मुद्दतीको औसत ब्याजदर कात्तिकमा ७.८५ प्रतिशत रहेकोमा मंसिरमा ७.५४७ प्रतिशतमा झरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here