ग्लोबल आइएमई बैंकले बोलायो साधारण सभा

काठमाडौं । ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट घोषणा गरेको लाभांश पारित गर्न साधरण सभा बोलाएको छ ।

बैंकले मंसिर २८ गते १७ औं वार्षिक साधरण सभा बोलाएको हो । बैंकको सभा नेपाल प्रज्ञा पतिष्ठान, कमलादी, काठमाडौंमा बिहान ९ बजे सुरु हुनेछ ।

बैंकले सभामा गत वर्षको नाफाबाट घोषणा गरेको ९ प्रतिशत (१% बोनस सेयर र करसहित ८% नगद) लाभांश पारित गर्ने प्रस्ताव एजेन्डा लैजाने भएको छ । प्रस्तावित लाभांश बैंकको सो सभाले पारित गरेपछि सेयरधनीले पाउने छन् ।

बैंकले साधरण सभा तथा लाभांश प्रयोजनका लागि कात्तिक १३ गते बुकक्लोज मिति तोकेको छ । सो अनुसार कात्तिक १२ गतेसम्म कायम सेयरधनीले मात्र लाभांश पाउने छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here