एक वर्षमा राष्ट्रसंघका ७२ कर्मचारीले ज्यान गुमाए

२१ भदौ (रासस\सिन्ह्वा) : एक बर्षको अवधिमा संयुक्त राष्ट्रसंघका बहालवाला ७२ कर्मचारीले ज्यान गुमाएका छन् । त्यसमध्ये पाँच जना गैह्रसैनिक कर्मचारी, ४३ जना शान्ति सेना र चार प्रहरी रहेको राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले जानकारी दिएका छन् ।

उनीहरु कर्तब्य पालनकै सिलसिलामा ज्यान गुमाएका कर्मचारी हुन् । महासचिव गुटेर्रेसले शुक्रबार राष्ट्रसंघीय कर्मचारी दिवसको अवसरमा आयोजित कार्यक्रम उद्घाटन गर्दै उक्त जानकारी दिएका हुन् ।

उनले सैनिक तथा गैह्रसैनिक कर्मचारीले राष्ट्रसंघमार्फत् पु¥याएको योगदान कहिल्यै भूल्न नसकिने समेत उल्लेख गरे ।

‘हाम्रा सहकर्मीलाई स्मरण गर्नु तथा सम्मान गर्नु हाम्रो दायित्व हो, त्यो गरिरहनु पर्छ,’ उनले भने । मृतक कर्मचारीका पारिवारिक सदस्य तथा साथीहरुप्रति सहानुभूति व्यक्त गर्दै उनले असल सहकर्मी गुमाउनु परेको उल्लेख गरे ।

राष्ट्रसंघीय कर्मचारीले संसारको सेवा गरेको र धेरै कुराको गुमाउनु परेको पनि महासचिव गुर्टेरेसले बताए । अग्रपङ्तीमा रहेर अत्यन्त चुनौतीपूर्ण काम राष्ट्रसंघीय कर्मचारीले गर्नु परेको पनि उनले कर्मचारी दिवसका अवसरमा चर्चा गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here