बलिउडमा सलमानको ३० वर्षे करीयर पुरा, फ्यानलाई के दिए सन्देश ?

मुम्बई, २२ भदौ । बलिउड स्टार सलमान खानले चलचित्र करीयरमा ३० वर्ष पुरा गरेका छन् । अविवाहित नायक सलमान करियरको प्रारम्भीक दिनहरुमा सल्लु, सल्ले, सलमान, बट्टाईजस्ता उपनामबाट बोलाइन्थे ।

अहिले उनलाई फ्यानले भाई या भाईजान नामबाट बोलाउँछन् । यो उपलब्धी हाँसिल गर्न धेरै लामो समय लागेको प्रतिक्रिया सलमानले दिएका छन् ।

करीयरमा ३० वर्षको लामो समय बिताएपनि अझै उस्तै लोकप्रिय यी कलाकारले शनिबार ट्वीट गर्दै भनेका छन्, म आफ्नो प्रसंशकको रोजाईका आधारमा काम गर्छु । फ्यान र मेरो बीचमा खास सम्बन्ध रहेको छ ।

फिल्म चल्दा या नचल्दा पनि आफूमा कुनै बदलाव नआउने उनको भनाई रहेको छ । फिल्म मैने प्यार किया बाट आफ्नो करियर शुरु गरेका सलमानले फिल्मी करियरमा धेरै उतार चढावको सामना गर्नु परेको छ ।

उनको कैयौं अभिनेत्रीसँग सम्बन्ध जोडियो, कैयौं पटक बिहे नै गरिसकेको खबर पनि सार्वजनिक भयो । तर, उनी अझै अविवाहित छन् ।

निकट भविश्यमा सलमानको प्रभु देवाद्वारा निर्देशित फिल्म दबंग ३ र साजिद नाडियाडवालाको फिल्म किक २ बाट ठूलो पर्दामा देखिदैछन् ।

५३ वर्षिय नायक सलमान सानो पर्दामा पनि उत्तिकै लोकप्रिय रहेका छन् । यसबीचमा उनले दर्जनौं सम्मान प्राप्त गरेका छन् ।

उनी सन् १९८८ देखि निरन्तर चलचित्र करियरमा सक्रिय छन् । उनले करण अर्जुन, एक था टाइगर, सुल्तान, दवंग, टाइगर जिन्दा है, विवि नं १, रेडीजस्ता कैयौं सफल चलचित्र मार्फत बलिउडलाई समृद्ध बनाउन योगदान गरेका छन् ।

उनी बलिउडमा धेरै कमाउने कलाकार भित्र पर्छन् ।

एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here