धेरै आयकर तिर्ने टेलिकम, बैंक तथा वित्तीय संस्थामा ग्लोबल आईएमई

काठमाडौं । सरकारले सर्वाधिक कर तिर्ने करदातालाई सम्मान गरेको छ । गत आर्थिक वर्ष २०७९/८० विभिन्न १६ विधामा सर्वाधिक कर तिर्ने कम्पनीलाई अर्थमन्त्री डा. प्रकाशशरण महतले आज सम्मान गरेका हुन् ।

आर्थिक वर्ष ०७८/७९ मा सबैभन्दा बढी कर तिर्नेमा संस्थातर्फ सूर्य नेपाल र व्यक्तितर्फ विजयकुमार शाह रहेका छन्।

सूर्य नेपाल यसअघि पनि ८ पटकसम्म सबैभन्दा बढी आन्तरिक राजस्व दाखिला गर्ने कम्पनीको सूचीमा अग्रणी स्थानमा रहँदै आएको थियो।

सबैभन्दा बढी आयकर तिर्नेमा नेपाल दूरसञ्चार कम्पनी, निर्यात कारोबारमा डाबर नेपाल, विशेष उद्योगमा एशियन पेन्ट, कृषि एवं पशुपक्षीजन्य उद्योगमा ओसीबी फुड्स एन्ड फिड्स प्रालि, सहकारी तथा लघुवित्त कारोबार गर्ने संस्थामा छिमेकी लघुवित्त वित्तीय संस्था, बैंक तथा वित्तीय कारोबार गर्ने संस्थामा ग्लोबल आइएमइ बैंक, बिमा व्यवसायमा लाइफ इन्सोरेन्स कर्पोरेसन, स्वास्थ्य तथा शिक्षा सेवा प्रदायक कम्पनीमा नोबेल मेडिकल कलेज शिक्षण अस्पताल रहेका छन्।

पर्यटन व्यवसायमा मनकामना दर्शन प्रालि, वस्तु व्यापारको कारोबारमा भाट भटेनी कम्पनी प्रालि, मध्यमस्तरीय करदातामा नेपाल स्टक एक्सचेन्ज बजार, ऊर्जामूलक उद्योगमा भोटेकोशी पावर कम्पनी र रेमिट्यान्स तथा मनि ट्रान्सफरहरूमा आईएमई रेमिट्यान्स कम्पनी रहेका विभागले जनाएको छ।

आन्तरिक राजस्व विभागले हरेक वर्ष उत्कृष्ट करदातालाई सम्मान गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here