स्वीजरल्याण्ड सरकारले दिएको ६५ करोड अनुदान स्वीकृत

dlGqkl/ifbsf] a}7s sf7df8f}F, & dªl;/M k|wfgdGqL k'iksdn bfxfn …k|r08Úsf] cWoIftfdf laxLaf/ l;+xb/af/df a;]sf] dlGqkl/ifbsf] a}7s . tl:a/M k|bLk/fh jGt÷/f;;

काठमाडौं । सरकारले प्राविधिक शिक्षाको क्षेत्रमा स्वीजरल्याण्ड सरकारले प्रदान गर्ने स्वीस फ्रेंक ४.४६५ मिलियन (करिब ६५ करोड) अनुदान स्वीकृत गर्ने निर्णय गरेको छ । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले सो अनुदान स्वीकृत गर्ने निर्णय गरेको हो ।

यसैगरी, बैठकले सुनको अवैध तस्करी नियन्त्रणसम्बन्धी गठन भएको जाँचबुझ आयोगमा चार जना जनशक्ति (रा.प. द्वितीय श्रेणी, सरकारी वकिल, रा.प. द्वितीय श्रेणी उपसचिव (राजस्व), प्रहरी नायब उपरीक्षक र रा.प. तृतीय डाटा एनाइलाइटिस्ट) थप गर्ने निर्णय गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here