मार्लोन सामुयल्सलाई ६ वर्ष प्रतिबन्ध

एजेन्सी । म्याच फिक्सिङ गरेको ठहर गर्दै वेस्ट इन्डिजका पूर्वक्रिकेटर मार्लोन सामुयल्सलाई ६ वर्षका लागि सबै खाले क्रिकेटबाट प्रतिबन्ध लगाइएको छ। सन् २०२१ मा उनलाई लगाइएका चार अभियोगमा अहिले आइसिसीले दोषी ठहर गरेको हो।

यो प्रतिबन्ध ११ नोभेम्बर २०२३ देखि लागू हुनेछ। इमिरेट्स क्रिकेट बोर्ड (इसिबी) को इन्टि करप्सन संहिता तोडेको आरोपपछि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले इसिबीको आग्रहमा यसअघि निलम्बन गरेको थियो। युएईको टी-१० लिगका दौरान उनले फिक्सिङसँग सम्बन्धित नियम तोडेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here