नेपाली सेनामा जागिर खुल्यो (सूचनासहित)

काठमाडौं । नेपाली सेनाले विभिन्न पदहरूका लागि दरखास्त आह्वान गरेको छ । सेनाले एक सूचना जारी गर्दै सैन्य पदमा ३ हजार जना र सुचिकार, सफाईकर्मी, चर्मकर्मी, लोहाकार, केशकर्तक, माली लगायतका पदमा ४१३ जना कर्माचारीको माग गरेको हो ।

देशका विभिन्न ब्यारेकहरूमा पदपूर्ती गर्नका लागी सेनाले ठूलो संख्यामा दर्खास्त आह्वान गरेको छ । इच्छुक तथा योग्यता पुगेका व्यक्तिहरूले आगामी पुस ७ गतेसम्म नेपाली सेनाको आधिकारिक वेबसाइटबाट अनलाइन दरखास्त फाराम भर्नुपर्नेछ ।

त्यसपछि उम्मेदवार स्वयंले उक्त फारामको हार्डकपी प्रिन्टआउट गरी तोकिएको भर्ना केन्द्रमा बुझाउने पर्ने र र ट्रेडका फलोअर्स पदहरूका लागि उम्मेदवार स्वयंले भर्ना केन्द्रमा उपस्थित भइ दरखास्त फाराम भर्नुपर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here