बालाजु औद्योगिक क्षेत्रले माग्यो कर्मचारी (सूचनासहित)

काठमाडौं । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड बालाजु, काठमाडौंले रिक्त पदपूर्तिका लागि दरखास्त माग गरेको छ । खुला प्रतियोगितात्मक लिखित परीक्षाद्वारा पदपूर्तिका लागि लिमिटेडले दरखास्त आह्वान गरेको हो ।

शुक्रबार सूचना प्रकाशन गर्दै बालाजु औद्योगिकले वरिष्ठ अधिकृतदेखि सहायकसम्मका २० जना कर्मचारी मागेको हो।

सातौं तहको वरिष्ठ अधिकृत १ जना, सातौं तहको इलेक्ट्रिकल इन्जिनियर, छैठौं तहको अधिकृत, सब इन्जिनिय, कार्यालय सहायक लगायत विभिन्न तहका लागि बालाजु औद्योगिकले दरखास्त आह्वान गरेको हो।

तोकिएको योग्यता पुगेका नेपाली नागरिकले खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षामा सहभागी हुन सक्नेछन् । आवेदन ३० दिनभित्र दिन सकिने लिमिटेडले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here