यी हुन् संसारकै सबैभन्दा साना ५ चरा, कहाँ कहाँ पाइन्छन् ?

काठमाडौं । यो संसारमा विभिन्न प्रकार र प्रजातीका प्राणीहरुको बसोवास छ ।

संसारमा १० हजार प्रजातीका ४ सय विलियनसम्म चराहरु रहेको बताइएको छ ।

चरा समुहका सबैभन्दा ठुलो चराको रुपमा अष्ट्रिचलाई मानिन्छ । यो त सबैलाई थाहा भएको कुरा हो । तर संसारकै सबैभन्दा सानो चरा कुन र यसको लम्बाई कति ? यो भने धेरै मानिसहरुलाई थाहा नहुन सक्छ ।

आज हामी तपाईंलाई संसारका सबैभन्दा साना ५ चराहरुको बारेमा जानकारी दिनेछौं ।

यी हुन् संसारका सबैभन्दा साना चराहरु

१. कोस्टास हमिंगबर्ड

उत्तरी अमेरिकाको तटीय क्षेत्रमा पाईने यो चराको लम्बाई ३ देखि ३.५ सेमी भन्दा धेरै हुँदैन् । यसको तौंल ०.१ औउस हुन्छ ।

यो चरा संसारको सबैभन्दा सानो चरा हो । हमिङबर्ड क्युवाको राष्ट्रिय चरा हो ।

२. गोल्सक्रेस्ट

गोल्डक्रेस्टको वैज्ञानिक नाम रेगुलस रेगुलस हो । यसको अर्थ युवराज अर्थात हुने वाला राजा हो । यो चराको रंग पहेंलो हुन्छ ।

यूरोपमा पाईने यो चरा यूरोपको सबैभन्दा सानो चरा मानिन्छ । यो चरा कोइली प्रजातीको सबैभन्दा सानो चरा हो ।

यसको लम्बाई ३.३ सेमी देखि ३.७ सेमी सम्म हुन्छ भने तौल ०.१६ देखि ०.२५ औउस हुन्छ ।

३. लेसर गोल्डफिञ्च

उत्तर अमेरिकामा पाईने ३.७ देखि ४.३ सेमी लामो लेसर गोल्डफिञ्चलाई संसारको पनि सबैभन्दा साना चराको प्रजातीमध्ये एक हो ।

स्पिनस जीनस प्रजातीको यो चराको छातीमा पहेलो रंग हुन्छ भने यसको तौल ०.२८ देखि ०.४१ औउस हुन्छ ।

४. वर्डिन

दक्षिण र पश्चिम अमेरिका र मेक्सिकोमा पाइने यो सानो चरा पेंडुलिन टाइट प्रजातीको हुन्छ ।

पुर्ण रुपमा विकसित हुँदा पनि यो चराको लम्बाई ४.५ सेमीभन्दा धेरै हुँदैन् । यसको टाउको पहेलो रंगको हुन्छ ।

५. रेड चीक्ड कौर्डन ब्लू

अफ्रिकामा पाइने यो चराको भुत्ला रङ्गीचङ्गी र पखेटा निलो रंगको हुन्छ ।

पुर्वी अफ्रिकामा पाईने यो चराको लम्बाई करिब करिब ५ सेमीको हुन्छ भने तौल ०.३५ औउस हुन्छ । चरा पालन गर्ने मानिसहरुको सबैभन्दा मनपर्ने प्रजातीमा यो चरा पर्छ । (एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here