दुर्गा प्रसाईं समूहको प्रदर्शन सानोठिमी क्षेत्रमा

फाइलफोटो

काठमाडौं । काठमाडौंको तीनकुनेमा प्रशासनले प्रदर्शन गर्न नदिने भएपछि दुर्गा प्रसाईं नेतृत्वको समूहले भक्तपुरको सानोठिमी क्षेत्रमा प्रदर्शन गरेको छ । प्रसाईं समर्थकहरुले अहिले पुरानो ठिमी कमेरोटारस्थित मुख्य सडकमा प्रदर्शन गरिरहेका छन् ।

अहिले पुरानो ठिमी हुँदै भक्तपुर जाने सडक अवरुद्ध भएको छ । तीनकुने क्षेत्रमा प्रदर्शन गर्न खोज्नेहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रसाईं समूहले बिहीबार राजधानीको बल्खु क्षेत्रमा प्रदर्शन गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here