बागमती सेमिफाइनलमा, सन्दीपले फेरि लिए ४ विकेट

पोखरा । बागमती प्रदेश पोखरामा जारी केपी ओली कप टि- २० क्रिकेट प्रतियोगिताको सेमिफाइलनमा प्रवेश गरेको छ । शुक्रबार कर्णाली प्रदेशलाई ९० रनले पराजित गर्दै बागमतीले सेमिफाइनलमा स्थान बनाएको हो ।

बागमतीले प्रस्तुत गरेको १९० रनको लक्ष्य पछ्याउने क्रममा कर्णालीले १७.३ ओभरमा सबै विकेट गुमाएर ९९ रनमात्र जोड्न सक्यो । कर्णालीलाई सस्तैमा समेट्न बागमतीका कप्तान लामिछानले चार विकेट लिए ।

दीपेश श्रेष्ठले दुई विकेट लिँदा इशान पाण्डे, सुवास खत्री, रिजन ढकाल र प्रतिश जिसीले समान एक विकेट लिए । यसअघि बागमतीले पहिलो खेलमा आयोजक मदन भण्डारी स्पोर्ट्स क्लब रातोविरुद्ध १०९ रनको फराकिलो जित निकालेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here