आयल निगम ऋण मुक्त, सरकारबाट लिएको सबै ऋण चुक्ता

काठमाडौं । नेपाल आयल निगमले सरकारलाई तिनुपर्ने ७ अर्ब रुपैयाँ ऋण तिरेको छ।

अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि भए पछि नियमित इन्धन आपूर्तिका लागि इन्डियन आयल कर्पोरेसनको बक्यौता तिर्न सरकारबाट लिएको सबै ऋण चुक्ता गरेर निगम ऋणमुक्त भएको हो।

नेपाल आयल निगमले नेपाल सरकारबाट लिएको रु ७ अर्ब ऋण मध्ये अन्तिम किस्ता रु ७० करोड पनि सार्बजनिक ऋण ब्यबस्थापन कार्यालयलाई भुक्तानी गरेपछि ऋणमुक्त भएको छ भने निगमले भारतीय आयल कर्पोरेसन को ३१ अर्ब बक्यौता केही महिना अघि किस्तामा तिरेर ऋणमुक्त भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here