काठमाडौंका यी ठाउँमा विद्युत् आपूर्ति अबरुद्ध हुने

काठमाडौं। आज काठमाडौं उपत्यकाका डेढदर्जन बढी ठाउँमा विद्युत् आपूर्ति अबरुद्ध हुने भएको छ ।

टेकु सबस्टेसन स्तरोन्‍नतिको काम चलिरहेकाले उक्त सबस्टेसनबाट आपूर्ति हुने फिडरहरुमा विद्युत सेवा बन्द हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार बिहीबार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म कालीमाटी पुल, परोपकार, टंकेश्‍वर, डल्लु, विजेश्‍वरी, चःमती, भगवान पाउ, डल्लु आवास र जनसेवा मार्ग क्षेत्रमा विद्युत् सेवा अबरुद्ध हुनेछ ।

त्यसैगरी, कालीमाटी, काराखुशी, कालीमाटी चोक, साल्ट ट्रेडिङ, सीता पेट्रोल पम्म, टंकेश्‍वर, महेन्द्ररत्‍न क्याम्पस, चागल र कलश अपार्टमेन्ट क्षेत्रमा पनि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति प्रभावित हुने प्राधिकरणले जनाएको छ ।

निर्धारित समयअघि काम सम्पन्न सकिए विद्युत् सेवा अगावै सञ्चालनमा आउने प्राधिकरणको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here