संक्रामक रोग रोकथाम गर्न नेपाललाई ८९ करोड आर्थिक सहायता

काठमाडौं । अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी)ले नयाँ संक्रामक रोग रोकथाम गर्न नेपाललाई ८९ करोड रुपैयाँ आर्थिक सहायतास्वरूप उपलब्ध गराउने भएको छ ।

उक्त रकम यूएसएआईडीले विश्व स्वास्थ्य सुरक्षा कार्यक्रमअन्तर्गत नेपाललाई तीन वर्षमा उपलब्ध गराउनेछ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र यूएसएआईडीले आइतबार विश्व स्वास्थ्य सुरक्षा कार्यक्रमको संयुक्त रूपमा सुरुआत गरेका छन् ।

“यो कार्यक्रम नयाँ संक्रामक रोगहरू रोकथाम गर्ने, पत्ता लगाउने र तीविरुद्ध द्रुत रूपमा प्रतिकार्य गर्ने नेपाल सरकारको क्षमतालाई सुदृढ बनाउनका लागि गरिएको साझेदारी हो,” काठमाडौंस्थित अमेरिकी दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

स्वास्थ्य सुरक्षा र महामारीको पूर्वतयारीलाई विश्वव्यापी रूपमै सुदृढ पार्ने जो बाइडेन प्रशासनको लक्ष्यको एक हिस्सास्वरूप यो साझेदारी अघि बढाइएको दूतावासले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here