रोकिएन शेयर बजारको ओरालो यात्रा, तीन कम्पनीको मूल्यमा नेगेटिभ सर्किट

काठमाडौं । शेयर बजारमा लगातार गिरावट आएको छ । गत सोमबारदेखि लगातार ओरालो लागेको नेप्सेले आज पनि सोही लय कायम राखेको हो । साताको कारोबोरको पहिलो दिन नेप्से परिसूचक ७.२९ अंकले घटेर १८५१.२३ विन्दुमा आइपुगेको छ ।

यसदिन २९३ कम्पनीको ९६ करोड ४० लाख १० हजार ४३१ रुपैयाँ बढीको ३४ लाख १९ हजार ७३ कित्ता शेयर किनबेच भएको छ ।

कारोबारमा आएका १३ वटा उपसमूहमध्ये माइक्रोफाइनान्स बाहेक अरु सबैको परिसूचक राताम्मे भएको छ । म्युचुअल फण्ड उपसमूहको परिसूचक सबैभन्दा धेरै १.२५ प्रतिशतले घटेको छ ।

आज सोनापुर सिमेन्टको शेयर सर्वाधिक कारोबार भएको छ । यसको झन्डै ७ करोड रुपैयाँको सेयर किनबेच भएको छ ।

घट्दो बजारमा आज तीन कम्पनीको शेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । माउन्टेन इनर्जी, युनाइटेड इदीमर्दी हाइड्रोपावर र एनआरएन इन्फ्रास्ट्रक्चरको शेयर मूल्य करिब १० प्रतिशतले घटेको छ ।

आज थ्रीस्टार हाइड्रोपावरका शेयरधनीले भने सर्वाधिक ९.६३ प्रतिशत कमाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here