चोभार सुख्खा बन्दरगाह सञ्चालनको जिम्मा ट्रान्स नेपाल टीआरएस लोजिपार्क प्रालिलाई

rf]ef/ ;'Vvf aGb/ufx sf7df8f}F, @* df3 M sf7df8f}Fsf] rf]ef/df lgdf{0f ePsf] ;'Vvf aGb/ufx . pQm aGb/ufxdf /x]sf] cfGtl/s 6ld{gn s]xL lbg leqdf ;~rfng x'g] ePsf] 5 . t:jL/ M ljdnaxfb'/ lji6÷/f;;

काठमाडौं । काठमाडौंको चोभारमा रहेको सुख्खा बन्दरगाह सञ्चालनको जिम्मेवारी ट्रान्स नेपाल टीआरएस लोजिपार्क प्रालिलाई दिइएको छ। सोमबार समिति र ट्रान्स नेपाल टीआरएस लोजिपार्क प्रालिबीच बन्दरगाह सञ्चालन सम्झौतामा हस्ताक्षर भएको हो ।

पाँच वर्षको लागि २ करोड ८८ लाख रकम न्यूनतम सट्टापट्टा बहाल र नियमानुसार महसुल बाँडफाँट गर्नेगरी सम्झौतामा हस्ताक्षर भएको हो ।

समितिले गत ९ साउनमा टेण्डर आह्वान गरेकोमा ट्रान्स नेपाल र न्यू नेपाल ढुवानी सेवा कम्पनीले दिएको आवेदनमा समितिले प्राविधिक मूल्यांकनमार्फत ट्रान्स नेपाललाई बन्दरगाह सञ्चालन अनुमति दिएको हो ।

सोमबार करार सम्झौता समितिका निर्देशक युवक डंगोल र सञ्चालक कम्पनीको तर्फबाट प्रवन्ध निर्देशक मुकेशकुमार राठीले हस्ताक्षर गरे । कार्यक्रममा कम्पनीका प्रवन्ध निर्देशक राठीले बन्दरगाह सञ्चालनमा केही चुनौतीहरु रहेपनि त्यसलाई मध्यनजर गरी गृहकार्य सुरु गरिसकेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here