भ्याटविरुद्ध व्यवसायी आन्दोलित, रोके आलु-प्याजको व्यापार

काठमाडौं । सरकारले आलु र प्याजमा विभिन्न बहाना जोडेर भ्याट लगाएको भन्दै व्यवसायीहरूले आक्रोशित भएका छन् ।

चालू आर्थिक वर्षदेखि सरकारले आन्तरिक उत्पादनसहितका खाद्य उत्पादनतर्फ ५० लाखभन्दा बढीको कारोबार भ्याटमा दर्ता हुनुपर्ने र सोहीअनुसार भ्याट लाग्ने व्यवस्था गरिदिएको छ।

त्यसको विरोध गर्दै आएका आलु प्याज व्यवसायीले व्यापार नै ठप्प पारेका हुन्। जसको कारण पछिल्ला दुई, तीनदेखि बजारमा आलु र प्याज नआएको कालीमाटी तरकारी तथा फलफूल विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले जानकारी दिएका छन् ।

सरकारले स्थानीय स्तरमा उत्पादन भएका आलु र प्याजमा पनि भ्याट लगाउँदा रिसाएका व्यवसायीहरूले बजारमा सो उपभोग्य वस्तु दिन छाडेका छन् ।

जसको कारण बजारमा आलु र प्याजको हाहाकार हुने जोखिम बढेर आएको छ । दैनिक उपभोग गरिने आलु तथा प्याजमा लगाइएको भ्याटले भान्सा महँगिने भन्दै यसलाई खारेज गर्नुपर्ने व्यवसायीको माग छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here