दूरसञ्चार प्राधिकरणका अध्यक्षले भने-‘एनसेललाई कानूनको दायरामा उभ्याउने कानून नै छैन’

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले नेपाल दूरसञ्चार प्राधिकरणलाई १५ दिनभित्र सबै विवरण पेस गर्न निर्देशन दिएको छ ।

एनसेलको सेयर खरिद बिक्रीका विषयमा समितिमा अहिलेसम्म भएका गतिविधिको सम्पूर्ण विवरण पेस गर्न समितिले निर्देशन दिएको हो ।

समितिको आज बसेको बैठकमा समिति सदस्यहरुले एनसेलको सेयर खरिद बिक्रीका विषयमा तत्काल सत्यतथ्य जानकारी गराउन माग गरेका थिए ।

बुधवार प्रतिनिधिसभा अन्तर्गतको अर्थसमिति बैठकमा बोल्दै दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले एनसेल आजियटालाई कठघरामा उभ्याउन कानूनी अप्ठेरो रहेको बताए ।

उनले एनसेल दुई लियरका सिईओहरू भएको एनसेलका सिईओलाई नेपालको दूरसञ्चार ऐनको दायरामा ल्याउन कानूनी प्रावधान नभएको प्रष्टीकरण दिए।

उनले प्राधिकरणले कानून बनाउन खोज्दा पटक–पटक संसद्‌बाट ऐनको मस्यौदा फर्काउने काम भएको भन्दै अप्ठेरो पर्दा कानूनअनुसार कारबाही गर भन्न नमिल्ने बताए।

उनले एनसेलको सीईओलाई कानूनी कठघरामा उभ्याउने कानून भएको भए प्राधिकरणले तत्काल उभ्याउन सक्ने भए पनि त्यो खालको कानून नभएको उल्लेख गरे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here