एनसेलले भन्यो-‘शेयर कारोबारलाई लिएर कुनै कर तिर्नुपर्ने भए कानूनअनुसार तिर्न तयार छौं’

काठमाडौं । एनसेको शेयर खरिद गरेका बेलायती कम्पटी स्पेक्ट्रलाइटका नेपाली मूलका शेयरधनीले एनसेलका सबै कारोबार कानूनबमोजिम र पारदर्शी हुने प्रतिवद्धता जनाएका छन् ।

आफ्नो शेयर बिक्री विवादमा परेपछि एनसेलले एक विज्ञप्ति जारी गर्दै शेयर बिक्री प्रक्रियामा आजियाटाले प्रतिस्पर्धात्मक प्रक्रिया अपनाएको दाबी गरेको हो ।

‘आजियाटाले रेनोल्ड्स होल्डिङ्स (सेन्ट किट्समा रहको कम्पनी) मा रहेको आफ्नो शेयर बिक्रीका लागि प्रतिस्पर्धात्मक प्रक्रिया अपनाएको थियो र स्पेक्ट्रलाइट थुप्रै प्रतिस्पर्धीमध्येबाट पहिलो भइ छानिएको हो,’ स्पेक्ट्रलाइट युके लिमिटेडका शेयरधनी सतिशलाल आचार्यलाई उदृत गर्दै विज्ञप्‍तिमा भनिएको छ।

एनसेलले अहिलेसम्म सबै कर तिरी त्यसको प्रमाणीकरण कर कार्यालयबाट भएको छ र अहिलेको कारोबारलाई लिएर कुनै कर तिर्नुपर्ने भए नेपालको कानूनअनुसार तिर्ने बताएको छ।

‘यस प्रक्रियामा एनसेल कर कानूनको पालना गर्न प्रतिबद्ध छ र आफ्ना सम्पूर्ण सरोकारवालालाई एक जिम्मेवार वित्तीय अभ्यास पालना गर्ने कम्पनी भएको सुनिश्‍चित गराउन चाहन्छौं,’ विज्ञप्‍तिमा भनिएको छ।

आठ वर्षअघि १ खर्ब ४३ अर्ब रुपैयाँमा खरिद गरेको शेयर आजियाटाले एक साताअघि जम्मा ६ अर्ब ६० करोड रुपैयाँमा बेचेको विषयलाई लिएर अनेक आशंका भइरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here