शेयर बजार आजपनि राताम्मै, नेप्से साढे ९ अंकले घट्याे

काठमाडौं, २३ भदौ । लगातार दोस्रो दिनपनि शेयर बजार ओरालो लागेको छ ।

सोमवार नेप्से परिसूचक ९.५४ अंकले घटेर १ हजार १ हजार ६८.९१ अंकमा पुगेको छ ।

सोमवार कारोबारमा आएका समुहहरु मध्ये उत्पादन समुह बाहेक अन्य सबै समुहको सूचक घटेको कारण सिङ्गो नेप्से परिसूचक नै घटेको हो ।

सोमवार सबैभन्दा धेरै होटल समुहको सूचक घट्यो । होटलको सूचक २.२९ प्रतिशतले घट्यो ।

त्यस्तै, टे«डिङ समुहको १.६८ प्रतिशत, अन्यको १.६३ प्रतिशत, र्निजीवन बिमा कम्पनीको १.४६ प्रतिशत, सामुहीक लगानी कोषको १.३३ प्रतिशत, जीवन बिमाको १.२२ प्रतिशतले घट्यो भने अन्य समुहको सामान्य अंकले घट्यो ।

सोमवार १ सय ७३ कम्पनीको १४ लाख २८ हजार ८ सय ३८ कित्ता शेयर किनबेच हुँदा २९ करोड ९२ लाख रुपैयाँ बराबरको कारोबार भयो ।

सोमवार सबैभन्दा धेरै आँधीखोला लघुवित्त वित्तीय संस्थाका शेयर धनीले कमाए । आँधीखोलाको शेयर मूल्य ५.१८ प्रतिशतले बढ्यो ।

त्यस्तै, हिमालयन उर्जा विकास कम्पनीको ४.३९ प्रतिशत, महिला सहयात्रा लघुवित्त वित्तीय संस्थाको ४.०४ प्रतिशत बढ्यो भने अन्य समुहको सामान्य अंकले बढ्यो ।

सबैभन्दा धेरै गुमाउनेमा यूनाईटेड इन्स्योरेन्स कम्पनीका शेयर धनी रहेका छन् । यूनाईटेडको शेयर मूल्य ५.३१ प्रतिशतले घट्यो ।

त्यस्तै, ग्लोबल आईएमइ सम्मुन्नत योजनाको ५.०४ प्रतिशत, नेपाल हाइड्रोको ४.८५ प्रतिशत घट्यो भने अन्य समुहको सामान्य अंकले घट्यो ।

सोमवार सबैभन्दा धेरै कारोबार गर्नेमा सिभिल बैंक रहेको छ । बैंकले ४ करोड रुपैयाँको कारोबार गर्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here