धरौटी बुझाउन नसकेपछि भुटानी शरणार्थी नेता रिजाल जेलमै, सन्दीप रायमाझीसहित ६ जना रिहा

काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा उच्च अदालत पाटनको आदेशअनुसार धरौटी बुझाउन नसकेपछि भुटानी शरणार्थीका नेता टेकनाथ रिजाल अहिले पनि केन्द्रीय कारागारमै छन्।

उच्च अदालतले तोकेको १५ लाख रुपैयाँ धरौटी बुझाउन नसक्दा उनी रिहा नभएका हुन्। उनीसँगै धरौटी मागेका ५ जना रिहा भैसकेका छन् ।

धरौटी तिरेर रिहा हुनेमा शमशेर मियाँ, नरेन्द्र केसी, हरिभक्त महर्जन, रामशरण केसी र सन्दीप रायमाझी छन् । सन्दीप रायमाझी पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीका छोरा हुन् । शरणार्थी प्रकरणमा टोपबहादुर थुनामै छन् ।

रिजालले अदालतको आदेश लगतै कारागारको आन्तरिक प्रशासनका कर्मचारीसँग आफूले उक्त धरौटी बुझाउन नसक्ने प्रतिक्रिया दिएका थिए।

उच्च अदालतले अरु चारजनालाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। यसअघि जिल्ला अदालतले धरौटीमा रिहा गरेका लक्ष्मी महर्जन, टंक गुरुङ, केशव तुलाधर र थुनामा रहेका आषिश बुढाथोकीलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here