कमलशा आधारभूत विद्यालय दोधारा चाँदनीमा दुई कोठे भवनको उद्धघाटन

दोधारा । दोधारा चाँदनी नगरपालिकाको कमलशा आधारभुत बिद्यालयमा दुई कोठे भवनको उद्धघाटन गरिएको छ् ।

दोधारा चाँदनी नगरपालिका– ६ नयाँ गाँउमा रहेको कमलशा आधारभुत बिद्यालयको २ कोठे भवनको उद्धघाटन गरिएको दोधारा चाँदनी नगरपालिका– ६ का वडाध्यक्ष ओंम बस्नेतले जानकारी दिएका छन् । आज विधिवतरुपमा भवनको उद्धघाटन गरिएको वडाध्यक्ष बस्नेतले बताए ।

बिद्यालयमा बिद्यार्थीको चाँपलाई मध्यनज राख्दै राष्ट्रपति शैक्षिक सुधार योजना अन्तर्गत २ कोठे भवन निमार्ण गरिएको वडाध्यक्ष ओंम बस्नेतले बताएका छन् । कमलशा आधारभुत बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष भरत ओझाका अनुसार राष्ट्रपति शैक्षिक सुधार योजना अन्तर्गत रु. २२ लाख ५० हजारमा २ कोठे भवन निमार्ण गरिएको हो ।

बिद्यालयका कक्षा कोठा निमार्ण संगै पठनपाठनमा सहजता आउने भएको उनले बताएका छन् । दोधारा चाँदनी नगरपालिका मेयर किशोर कुमार लिम्बु, वडाध्यक्ष ओंम बस्नेतले सयुक्तरुपमा २ भवनको समउद्धघाटन गरेका हुन् ।

वडाको शैक्षिक तथा स्वास्थ्य क्षेत्रलाई प्रमुखता दिएर योजना बुन्दै आएका वडाध्यक्ष ओम बस्नेतको कार्यप्रति स्थानियहरु खुशी ब्यक्त गर्दै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here