नेपाली सेनाले माग्यो रिक्त पदपूर्तिका लागि दरखास्त (सूचनासहित)

काठमाडौं । नेपाली सेनाले प्राविधिक अधिकृत पदमा भर्ना खुलाएको छ। प्राड-प्राविधिक-विविध सेवा तर्फ अधिकृत पदमा भर्ना खुलाइएको हो।

आज सूचना जारी गर्दै सेनाले विभिन्न अधिकृत पदहरुमा खुला तथा समावेश प्रतियोगिताबाट पदपूर्ति गर्ने जनाउँदै दरखास्त आह्वान गरेको हो

सेनाले प्राड उपसेनानी, प्राविधिक उपसेनाननी अन्तर्गत एमबीबीएस डाक्टर, सैनिक परिचारिका, डेन्टल टेकनिसियन, क्लिनिकल साइकोलोजिस्ट, सिभिल इन्जिनियर, मेकालिनल इन्जिनियर, इलेक्ट्रोनिक्स इन्जिनियर पदमा दरखास्त खुलाएको हो।

यस्तै, सेनाले समाचार सम्पादक/वाचक, फोटोग्राफर, लाइब्रेरियन र अर्क्रेष्टा र लेखा उपसेनानीमा पनि जागिर खुलाएको छ।

खुला गरिएका पदमा मंसिर २२ गतेदेखि पुस २१ गतेसम्म दरखास्त दिन सकिनेछ। दोब्बर दस्तुरमा पुस २८ सम्म दरखास्त दिन सकिने सेनाले जनाएको छ। दरखास्त शुल्क एक हजार रुपैयाँ रहेको छ भने रकम नेपाल राष्ट्र बैंकमा डिपोजिट गर्नुपर्नेछ।