नागढुंगाबाट दुई किलो सुनसहित तीनजना पक्राउ

फाइलफोटो

काठमाडौं । प्रहरीले दुई किलो अवैध सुनसहित तीनजना पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयको टोलीले विशेष सूचनाको आधारमा रसुवाबाट काठमाडौं आउँदै गरेको ०१–०२८ च२६९६ नम्बरको स्कार्पियो गाडीबाट उक्त सुन फेला परेको हो ।

पक्राउ पर्नेहरूमा रसुवाको गोसाइकुण्डका ग्यालछिङ तामाङ, सोहीका बिरु तामाङ र सुनिल भुजेल छन् । उनीहरूमाथि प्रहरीले थप अनुसन्धान जारी राखेको छ ।

गएराति मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबई हुँदै ल्याइएको १४ किलो सुन भन्सार र प्रहरीले बरामद गरेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here